
काठमाडौं । टेलिभिजन सिरिज ‘तीतो सत्य’ फेम्ड अभिनेता राज आचार्य र ‘इन्टुमिन्टु लण्डनमा’की अभिनेत्री सुनिशा बजगाईंले मंगलबार लगनगाँठो कसेका छन् ।
रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा उनीहरुले परम्पराअनुसार विवाह गरेका हुन् । परिवार र निकट आफन्तको उपस्थितिमा अहिले विवाह समारोह भइरहेको छ ।
बुधबार कलाकार र अन्यका लागि रिसेप्सनको आयोजना गरिएको छ । वरवधु पहिरनमा राज र सुनिशा खुसी र आकर्षक देखिएका छन् । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4