
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
काठमाडौं । तीन चर्चित कलाकार राजाराम पौडेल, प्रेमराजा महत र किरण केसी पनि रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएका छन् ।
राष्ट्रिय सभागृहमा आयोजना भएको पार्टी घोषणा समारोहमा यी तीन कलाकारले उपस्थित भएर समर्थन जनाएका हुन् । लामिछानेको नयाँ पार्टीप्रति समर्थन रहने जानकारी उनीहरुले दिएको स्रोतले दिएको छ ।
‘उहाँहरुले पार्टीलाई सघाउने जानकारी दिनुभएको छ,’ रवि लामिछाने समूहका एक सदस्यले अनलाइनखबरलाई भने, ‘रविजीले पार्टी गठनअघि उहाँहरुसँग पनि परामर्श गर्नुभएको थियो ।’
यी तीनैजना रवि निकट मानिन्छन् । किरण र राजारामका फिल्मको प्रिमियरमा रविले पनि भाग लिने गरेका थिए । ‘सिमसिमे पानी’ फेम्ड गायक महत र रवि अमेरिकामा रहँदैदेखि निकट बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4