
काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले बुटवलको कालिकानगरस्थित महाराजा रिसोर्ट प्रालिमा विशेष छुट पाउने भएका छन् ।
रिसोर्टले उपलब्ध गराउने सेवामा बैंकका ग्राहकले विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नविनमुनि बज्राचार्य र महाराजा रिसोर्टका महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरे ।
डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्न बैंकले महाराजा रिसोर्टसँग सम्झौता गरेको बज्राचार्यले बताए । रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ र फुडिङ शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4