
७ असार, काठमाडौं । भारतमा विपक्षी दलहरुले तृणमुल कांग्रेसका उपाध्यक्ष यशवन्त सिन्हालाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेका छन् ।
शरद पवारले राष्ट्रपतिको उम्मेदवार बन्न अस्वीकार गरेपछि सिन्हाको नाममा सहमति जुटेको हो । मंगलबार दिल्लीमा बसेको १७ विपक्षी दलको बैठकले सिन्हाको नाममा सहमति जुटाएको कांग्रेस नेता जयराम रमेशले बताएका हुन् । सिन्हा, अटल बिहारी वाजपेयी सरकारमा वित्त र विदेशमन्त्री थिए ।
विपक्षी दलहरुको १५ जुनमा बसेको बैठकले पवारलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनले उम्मेदवार बन्न अस्वीकार गरेपछि पूर्व राज्यपाल गोपालकृष्ण गान्धी र नेसनल कन्फ्रेन्सका अध्यक्ष फारुक अब्दुल्लाको नाम आएको थियो । उनीहरुले पनि उम्मेदवार बन्न अस्वीकार गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4