
७ असार, काठमाडौं । आइतबार राति नेपाल आयल निगमले मूल्य बढाएपछि नेपालमा डिजेल, मट्टितेल र पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबारदेखि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १९२ र पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ ।
एकै पटक लिटरमा २१ रुपैयाँले पेट्रोल र २७ रुपैयाँले डिजेल तथा मट्टितेलको मूल्य बढाएपछि सरकार बिरुद्ध आक्रोश पैदा भएको छ ।
नेपाल आयल निगमका अनुसार आइतबार राति १२ बजेदेखि लागु भएको इन्धनको मूल्य नेपालको इतिहासकै उच्च हो । पेट्रोलमा गरिएको मूल्यवृद्धि स्वभाविक भए पनि डिजेलका कारण अर्थतन्त्रको समग्र चक्र नै महँगो हुने भन्दै मूल्यबृद्धि फिर्ता लिन सरकारलाई चौतर्फी दबाव समेत छ । यही पृष्ठभूमिमा हामीले डिजेल, मट्टितेल र पेट्रोलको मूल्यको हरहिसाब यहाँ चिरफार गरेका छौं ।
पेट्रोलको मूल्य
आयल निगमले जारी गरेको मूल्य विवरण अनुसार निगमले १६ जुन २०२२ अर्थात गत असार २ गते भारतीय आयल कर्पोरेसनबाट प्राप्त मूल्य अनुसार १३१ रुपैया ९१ पैसामा पेट्रोल खरिद गरिरहेको छ ।
त्यसमा विभिन्न कर तथा शुल्क समेत जोडेर कुल लागत प्रति लिटर २१२ रुपैयाँ ५८ पैसा हुन आउँछ । त्यसैले अहिले उपभोक्ता मूल्य १९९ रुपैयाँ प्रतिलिटर हुँदा पनि निगमलाई अझै पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा घाटा छ ।
भारतीय आयल निगमबाट खरिद मूल्य प्रतिलिटर : १३१ रुपैया ९१ पैसा
सरकारी भन्सार तथा प्रज्ञापन शूल्क र कर : २५ रुपैया २३ पैसा
सडक मर्मत संभार शुल्क र कर : ४ रुपैयाँ
प्रदूषण शुल्क र कर : १ रुपैयाँ ५० पैसा
पूर्वाधार कर : १० रुपैयाँ
मूल्य अभिबृद्धि कर : २२ रुपैयाँ ८९ पैसा
मूल्य स्थिरीकरण कोष शुल्क : १ रुपैयाँ ९९ पैसा
ढुवानी भाडा : ६ रुपैयाँ ५८ पैसा
निगमको प्रसाशनिक एवं बिक्री खर्च : ०.६० पैसा
बीमा खर्च : ०.०८ पैसा
निगमको प्राविधिक नाक्सानी : १ रुपैयाँ ५२ पैसा
बिक्रेता कमिसन : ६ रुपैयाँ ३०
डिजेलको मूल्य
सोमबार लिटरमा २७ रुपैयाँले बढेपछि अहिले नेपाली बजारमा डिजेलको मू्ल्य १९२ रुपैयाँ पुगेको छ । निगमको दाबीलाई मान्ने हो भने डिजेलमा अभैm निगमलाई १३ रुपैयाँ ९५ पैसा घाटा छ ।
निगमले बिक्री पम्पमार्फत उपभोक्तालाई वितरण गर्दासम्म डिजेलको लागत २०५ रुपैयाँ ९५ पैसा पर्ने उसको दाबी छ ।
डिजेलमा निगमले देखाएको खर्च :
भारतीय आयल निगमबाट खरिद लागत मूल्य प्रतिलिटर : १४६ रुपैयाँ ५२ पैसा ।
सरकारी भन्सार तथा प्रज्ञापन शूल्क र कर : १२ रुपैयाँ ०३ पैसा
सडक मर्मत संभार शुल्क र कर : २ रुपैयाँ
प्रदूषण शुल्क र कर : १ रुपैया ५० पैसा
पूर्वाधार कर : १० रुपैयाँ
मूल्य अभिबृद्धि कर : २२ रुपैयाँ ९ पैसा
मूल्य स्थिरीकरण कोष शुल्क : १ रुपैयाँ ९२ पैसा
जम्मा कुल सरकारी राजश्व : ४९ रुपैयाँ ५३ पैसा
ढुवानी भाडा : ३ रुपैयाँ १७ पैसा
निगमको प्रसाशनिक एवं बिक्री खर्च : ०.६० पैसा
बीमा खर्च : ०.०९ पैसा
निगमको प्राविधिक नोक्सानी : १ रुपैयाँ ०२ पैसा
बिक्रेता कमिसन : ५ रुपैयाँ ०२
मट्टितेल
मट्टितेलमा निगमलाई लिटरमै ४३ रुपैयाँ ६ पैसा नाफा छ । काठमाडौंसम्म आइपुग्दा १४८ रुपैयाँ ९४ पैसा लागत रहेको मटीतेलको बिक्री मूल्य १९२ रुपैयाँ छ ।
मासिक ८४९ किलोलिटर खपत रहेको मट्टितेलबाट निगमलाई १५ दिनमा ३ करोड ६६ लाख रुपैयाँ नाफा हुने देखिन्छ ।
मट्टितेलमा निगमले देखाएको खर्च यस्तो छ :
भारतीय आयल निगमबाट खरिद लागत मूल्य प्रतिलिटर : १२१ रुपैयाँ ८३ पैसा ।
सरकारी भन्सार तथा प्रज्ञापन शूल्क र कर : १२ रुपैयाँ ०३ पैसा
जम्मा कुल सरकारी राजश्व : १३ रुपैयाँ ९४ पैसा
ढुवानी भाडा : ६ रुपैयाँ ५८ पैसा
निगमको प्रसाशनिक एवं बिक्री खर्च : ०.६० पैसा
बीमा खर्च : ०.०७ पैसा
बिक्रेता कमिसन : ५ रुपैयाँ ०४ पैसा
प्रतिक्रिया 4