
७ असार, काठमाडौं । लोक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा बढुवाका लागि ३५ जनाको नाम सिफारिस गरेको छ ।
प्रशासनतर्फका १७ जना, राजश्वतर्फ ३, लेखापरीक्षणतर्फ ८, संसद सेवातर्फ १, लेखा समूहमा ६ जनालाई आयोगले सिफारिस गरेको हो ।
प्रशासनतर्फ लिखित परीक्षाबाट उत्तीर्ण भएका २२ जनामध्ये अन्तर्वार्ताको लागि १७ जना मात्रै छनौट भएका थिए । जसमा ३ जना वैकल्पिकमा छनौट भएका छन् ।
यस्तै राजश्व समूहतर्फ २२ जनाका लागि २३ जना बढुवामा सिफारिस भएका हुन्, जसमा एक जना वैकल्पिकको लागि छनौट भएका छन् । लेखापरीक्षणतर्फ ६ जना सिफारिस हुँदा २ जना वैकल्पिक सिफारिस भएका छन ।
लेखापरीक्षणमा १७ जना अन्र्तवार्ताको लागि छनौट भएका थिए । यस्तै संसद सेवातर्फ एकजना मात्रै सिफारिस भएका छन् ।
लिएको लिखित परीक्षा आएको नतीजाको प्राप्ताङको आधारमा अन्तर्वार्तामा छनौट भएको आयोगले जनाएको छ । आयोगले बढुवामा सिफारिस भएकाहरुलाई सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको लोक सेवा आयोगले जनाएको छ ।
प्रतिक्रिया 4