
८ असार, काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको उत्तर प्रदेश, नपुर जिल्लाको थाना बादशाहपुर, ग्राम टेलाकुवा बस्ने वर्ष ३८ वर्षीय ईरफान सुफियान खान पक्राउ परेका हुन् ।
उनले पर्साको वीरगञ्ज महानगरपालिका-२ मा कोठा भाडामा लिई विभिन्न इलेक्ट्रोनिक मेसिनहरू जडान गरी कल वाइपास सेन्टर संचालन गरेको पाइएको प्रहरीको भनाइ छ ।
कल बाइपास सेन्टर खोलेको सूचनाका आधारमा मंगलबार साँझ साइबर ब्यूरो र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई कोठाबाटै पक्राउ गरेको हो ।
उनको साथबाट कल बाइपास गर्न प्रयोग भएका ६ प्रकारका १०२ थान इलेक्ट्रोनिक मेसिनहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सुफियान खानलाई दुर सञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4