
८ असार, काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेल जोडिएको अडियो सार्वजनिक भएपछि नेपाल कानून व्यवसायी परिषदले आकस्मिक बैठक डाकेको छ ।
कानून व्यवसायीहरुको नियमन गर्ने निकाय बार काउन्सिलले पोखरेलवारे आवश्यक निर्णय गर्न बैठक डाकेको हो । काउन्सिलका एक सदस्यले भने, ‘उहाँमाथि छानविन समिती गठन गर्ने सम्भावना छ ।’
महान्यायाधीवक्ताको नेतृत्वमा गठन हुने बार काउन्सिलमा नेपाल बार एसोसिएसनका अध्यक्ष पदेन उपाध्यक्ष हुन्छन् । काउन्सिलमा सर्वोच्च अदालतका रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको कानून संकायका डिन पदेन सदस्य हुन्छन् भने अरु पार्षद चुनिन्छन् ।
काउन्सिलले आचारसंहिता विपरित काम गरेको भेटेमा कानून व्यवसायीको इजाजतपत्र रद्द समेत गर्नसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4