
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नेपालबाट हज यात्रामा जाने हज यात्रीका लागि विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा उपलब्ध गराएको छ । ।
सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने हजयात्रीलाई लक्षित गरी यस्तो सुविधा उपलब्ध गराएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले हज यात्रीहरुको सुविधाका लागि कान्तिपथ, ठमेल, तीनकुने र सिनामंगल शाखा कार्यालयहरुबाट साउदी रियाल सहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको जनाएको छ । साथै हजयात्रीहरुलाई मुद्रा सटहीको शीलशीलामा कुनै जानकारी लिनुपर्ने भएमा मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4