
८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५५७ जनाको पीसीआर परीक्षणमा २८ जना र ८५० जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना निको भएका छन् भने हाल देशभर १४२ जना सक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये १३९ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८१७पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4