
काठमाडौं । अभिनेता पुष्प खड्का फिटनेसमा निकै ध्यान दिन्छन् । ‘मारुनी’ फिल्म छायांकनको समयदेखि फिटनेसमा बढी ध्यान दिन थालेको उनी बताउँछन् ।
बुधबार बौद्धमा आयोजित समारोहमा उनी एसआई फिटनेसको व्यावसायिक दूत नियुक्त भएका छन् । त्यसक्रममा उनले भने, ‘हिजोआज जिम मेरा लागि छुटाउनै नहुने काम जस्तै भएको छ । फिल्म ‘एक्स नाइन’को लागि मैले आठ केजी तौल बढाएको थिएँ । अहिले फेरि घटाउनु परेको छ ।’
पुष्पले नेपाली फिल्म क्षेत्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र सुशील श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने बताए । उनले अगाडि भने, ‘जिम गर्नुपर्ने कलाकारमा म दयाहाङ राई दाइलाई देख्छु ।’
पुष्पको क्रेज र जिमप्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको फिटनेस सञ्चालक कुमार स्याङ्बोले बताए । कुमारले देशभर नै एसआई फिटनेसको शाखा विस्तार गर्ने योजनामा आफू रहेको र चाँडै नै महाराजगञ्जमा शाखा खोल्न लागेको समेत बताए ।
प्रतिक्रिया 4