+

एन्फाको विदेश विभाग प्रमुखमा नवीन पाण्डे मनोनित

२०७९ असार  ८ गते २०:४९ २०७९ असार ८ गते २०:४९
एन्फाको विदेश विभाग प्रमुखमा नवीन पाण्डे मनोनित

८ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई मनोनित गरेको छ । बुधबार बसेको एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले उनलाई विदेश विभाग प्रमुखमा मनोनित गरेको हो ।

यसअघि उनी कर्मा छिरिङ शेर्पा नेतृत्वको एन्फामा पनि विदेश विभाग प्रमुख र अध्यक्षका प्रमुख सल्लाहकार बनेका थिए । तर गैरआवासीय नेपालीलाई मनोनित गरेको भन्दै विरोध भएको थियो । त्यसपछि उनले ८ महिनामा नै राजीनामा दिएका थिए ।

उनीसँग जर्मनीको स्थायी आवासीय अनुमति पत्र रहेको भन्दै विरोध भएको थियो ।

बुधबार नै बसेको एन्फा कार्यसमितिको बैठकले महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई मनोनित गरेको छ ।

एन्फा नवीन पाण्डे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय