
९ असार, काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले भूकम्प पीडितको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको छ ।
तालिवानका नेता अब्दुल कहार बाल्खीले भूकम्प प्रभावितलाई तत्काल आवश्यक राहत दिन सरकार आर्थिक रुपमा सक्षम नभएको बताए । उनले दातृ निकाय र छिमेकी देशहरुले सहयोग गरिरहेको भन्दै उनले थप सहयोगका लागि अपिल गरे ।
बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १००० नाघेको छ भने १५०० बढी घाइते भएका छन् ।
भूकम्पबाट सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्तिकामा ठाउँ ठाउँमा पहिरो गएको छ । उद्धारकर्ताले दोश्रो दिन पनि भत्किएका घरहरुमा खोजी तथा उद्धारको काम गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4