
नगरपालिकाले निकालेको सूचना ।
९ असार, काठमाडौं । नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले शुक्रबार एक दिन सार्वजनिक विदा दिएको छ ।
शुक्रबारको दिन नगरपालिका एवम् नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए ।
विगतमा पनि नगरसभा सम्पन्न भएको भोलिपल्ट सार्वजनिक विदा दिने गरेकाले यसपटक पनि दिइएको बस्नेतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4