
काठमाडौं । कुमारी बैंक लिमिटेडले भिसा इन्टरनेशनलसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।
विदेशबाट मोबाइल/इन्टरनेट बैंकिङ वा भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरु मार्फत कुमारी बैंकको डेबिट/क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन् ।
विदेशबाट भिसा डाईरेक्ट मार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको बैंकका डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकारले बताए । फ्रिल्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन कुमारी डेबिट/क्रेडिट एवं प्रिपेड मा सोझै प्राप्त गर्न सक्ने छन् ।
यस प्रणाली मार्फत गरिएका प्रत्येक १५ हजार रुपैयाँ भन्दा बढीको भिसा डाइरेक्ट कारोबारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम ५०० रुपैयाँ प्रदान गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया 4