
९ असार, काठमाडौं । फरवार्ड क्रिस्टोफर एनकुन्कुले जर्मन क्लब बरबी लाइपजिगसँग दुई वर्षको सम्झौता नविकरण गरेका छन् । सम्झौता नविकरणपछि एनकुन्कु २०२६ सम्म जर्मन क्लबमा रहनेछन् ।
२४ वर्षीय फ्रान्सेली फरवार्ड एनकुन्कु प्रिमियर लिग क्लब चेल्सी र म्यानचेष्टर युनाइटेडसँग पनि नाम जोडिएको थियो । तर उनले बुण्डेसलिगा क्लबमै निरन्तरता दिने भएका हुन् ।
२०२१-२२ को सिजन बुण्डेसलिगा प्लेअर अफ दि सिजन बनेका एनकुन्कुले लाइपजिगलाई जर्मन कप जिताउन मद्दत गरेका थिए ।
सन् २०१ञ९ मा लाइपजगिमा अनुबन्ध हुादा ५ वर्षको सम्झौता गरेका एनकुन्कुको सम्झौता अझै दुई वर्ष बाँकी छ ।त्यो कायम रहँदै उनले दुई वर्ष सम्झौता नविकरण गरेका हुन् ।
उनले लाइपजिगकै निरन्तरता दिन पाउँदा खुशी रहेको प्रतिक्रिया दिएका छन् ।
‘लाइपजिगकै सर्टमा निरन्ता दिन पाउँदा खुशी छु,’ उनले भने । ‘हामीले डीएफबी-पोकल (जर्मन कप) को रुपमा ठूलो उपलब्धि हासिल गरेपछि, यो स्पष्ट छ कि मेरो कथा यहाँ समाप्त भएको छैन । हामी थप चाहन्छौं । मलाई राख्न क्लबको प्रयासबाट म साँच्चै प्रभावित थिएँ ।’
एनकुन्कुले गत सिजन लाइपजिगका लागि लिगमा ३४ खेल खेल्दै २० गोल र १४ असिस्ट गरेका थिए । लाइपजिग गत सिजन चौथो भएको थियो ।
लाइपजिगले अन्तर्राष्ट्रिय स्टेजमा आफ्नो नाम बनाइसकेकोले उपाधिका लागि प्रतिस्पर्धा गर्न सक्छ भने देखाएको एनकुन्कुले बताए ।
सन् २०१९ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट जर्मनी पुगेका एनकुन्कुले लाइपजिगका लागि १३४ खेलमा ४७ गोल र ४६ असिस्ट गरेका छन् ।
प्रतिक्रिया 4