
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहले ललितपुरको गोदावरी स्थित स्माइल मेकर्स डेन्टल होमले उपलब्ध गराउने सेवामा आकर्ष छुट पाउने भएका छन् । उक्त डेन्टल होमले दिने सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्ने गरी दुवै पक्षबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले उक्त डेन्टल होममा विभिन्न सुविधाहरु जस्तै दाँत सफा गर्ने, दाँत भर्ने र नक्कली दाँत हाल्नेमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4