
काठमाडौं । बलिउड अभिनेता अनुपम खेर र नेपालबीच हार्दिक सम्बन्ध छ । उनी प्रायः विभिन्न कामका सिलसिलामा नेपाल आइरहन्छन् । उनकै मुख्य भूमिका रहेको फिल्म ‘उचाइ’को छायांकन केही महिनाअघि नेपालका हिमाली क्षेत्रमा भएको थियो ।
एक मोटिभेसनल कार्यक्रमको वक्ता भनेर खेर पुनः नेपाल आइपुगेका छन् । हायात होटलमा आयोजित कार्यक्रममा उनले बिहीबार दिउँसो जीवन बाँच्ने कला र आशावादिताबारे अनुभव र ज्ञान बाँडे ।
बुधबार काठमाडौं आइपुगेका उनी एक दिन बसेर बिहीबार बेलुका भारत फर्किएका छन् । एक बीमा कम्पनीले उनलाई वक्ताको रुपमा नेपाल ल्याएको थियो ।
बिहीबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर खेरले पूजाआजा गरे । पशुपतिमा जाँदा आफूलाई ऊर्जा प्राप्त हुने भन्दै उनले खुसी व्यक्त गरे । ‘उचाइ’ फिल्ममा अभिनेता खेरकै डमीको रुपमा अभिनय गरेका सरोज लामिछानेले मोटिभेसनल स्पिकर बनेर खेर काठमाडौंमा आइपुगेको जानकारी दिए ।
प्रतिक्रिया 4