
१० असार, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा सुरु हुन ढिलाइ भएको छ ।
बिहान ११ बजे सुरु हुने भनिएको नगरसभा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि नआएको कारण ४ घन्टा वित्दा पनि सुरु हुन सकेको छैन । १२५ सदस्यीय नगरसभामा नेकपा एमालेको बहुमत छ ।
नगर प्रमुख राजन पौडेलले सदस्यहरु आउने क्रम जारी रहेको बताए । ‘सदस्य साथीहरु आउँदैछन्, आएपछि नगरसभा सुरु हुन्छ । आउनुभएन भने विधि प्रक्रियाबाट अघि बढ्छौं’, उनले भने ।
जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले प्राविधिक कुरा नमिलेको कारणले नगरसभा सुरु गर्नमा ढिलाइ भएको बताए ।
‘नीति, कार्यक्रम, बजेट बनाउने क्रममा आवश्यक पद्दतीहरु फलो हुन सकेन, वडा अनुसार सिलिङ तोकेर बजेट बनाइएको छैन । त्यसलाई पहिला व्यवस्थापन गर्नुपर्छ भन्ने छ । त्यसैले अधिवेशन सुरु हुन सकेको छैन’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4