
१० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामू लम्पसार नपर्ने बताएका छन् ।
शुक्रबार पार्टी पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालल कम्युनिष्ट पार्टी कहिल्यै वदेशीको ईसारामा चल्न नसक्ने बताएका हुन् । कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने भन्दै उनले भने, ‘कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिन्छ । विदेशीहरुको सामू लम्पसार पर्दैनन् ।’
पोलिटब्यूरो बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुनेछ । परिस्थितिको ठोस विश्लेषण गर्नसके मात्र सही नीति तर्जुमा गर्न सकिने र पार्टी बलियो बन्ने उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4