
१० असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० मा फोहोर मैलाको दिर्घकालिन व्यवस्थापनको लागि वैकल्पि ल्यान्डफिल्ड साइटको अध्ययन गर्ने भएको छ ।
शुक्रबार महानगरपालिकाले ल्याएको नीति तथा बजेटमा फोहोरको स्रोतमै वर्गीकरण गर्ने, कुहिने फोहोरको मल बनाउन कम्पोष्ट प्लान्टको स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्ने उल्लखे रहेको छ ।
महानगरले फोहोर व्यवस्थापनको कार्यलाई प्रभावकारी बनानउन दण्ड र पुरस्कारको व्यवस्था कार्यान्वयन गर्ने नीति लिएको छ ।
यस्तै महानगरभित्र प्लाष्टिकका ४० माइक्रोन भन्दा कम कमका झोला प्रयोगमा निरुत्साहन गर्ने भएको छ ।
ललितपुरले आगामी आर्थिक वर्षमा न्युनतम २९ वटा हरियाली पार्क निर्माण गर्ने लक्ष्य राखेको छ । यस्तै महानगरले साझा यातायातसँग सहकार्य गरी विद्यतुीय बसहरु सार्वजनिक सेवामा प्रयोग गर्ने नीति तथा बजेटमा ल्याएको छ ।
प्रतिक्रिया 4