
काठमाडौं । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले नयाँ फिल्ममा सहकार्य गर्ने भएका छन् । रामबाबुले निर्देशन गर्ने यो फिल्मको मुख्य भूमिकामा दयाहाङसहित विपिन कार्की समेत हुनेछन् ।
फ्यामिली ड्रामा जनरामा निर्माण हुन लागेको फिल्मको छायांकन भदौ १५ गतेदेखि सुरु हुने भएको छ । निर्देशक गुरुङले फिल्मको मुख्य भूमिकामा दयाहाङ र विपिन पनि हुने पुष्टि गरे । नायिकासहित अन्य कलाकार भने अडिसनमार्फत छानिने भएको छ ।
यशोधा फिल्म्सले निर्माण गर्ने फिल्मको कार्यकारी निर्मातामा मणिराम पोखरेल रहने जनाइएको छ । फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका छन् । शीर्षक चाँडै सार्वजनिक हुने जनाइएको छ । ‘कबड्डी ४’ ब्लकबस्टर बनेपछि दयाहाङ र रामबाबु नयाँ फिल्ममा जुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4