
१० असार, काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीले अन्तिम मर्जर स्वीकृति पाएका छन् ।
शुक्रबार बीमा समितिले यी दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले बताए ।
‘शुक्रबार हामीले दुई कम्पनीलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएका छौं,’ प्रवक्ता पौडेलले भने, ‘अब कम्पनीले एक महिना भित्रै सबै प्रक्रिया पुरा गर्नुपर्ने छ ।’
गत वैशाख २३ गते दुइ कम्पनीबीच मर्जर सम्झौता भएको थियो । ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने सम्झौता कम्पनीले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4