
१० असार, दाङ । नेकपा माओवादी केन्द्र परित्याग गरेका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आज नेकपा एमालेको ललितपुरस्थित केन्द्रीय कार्यालयमा पुगेर गौतमले पार्टी प्रवेश गरेका हुन् । उनलाइ एमालेका महासचिव शंकर पोख्रेलको उपस्थितिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।
गौतमले गत वैशाख ५ गते उनले पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका परित्याग गरेको घोषणा गरेका थिए ।
उनी घोराही हालै सप्पन्न स्थानीय तहको चुनावमा उपमहानगरपालिका मेयरका दाबेदार थिए । तर आफूले टिकट नपाउने भएपछि उनले चुनावको मुखमा पार्टी परित्याग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4