
१० असार, तनहुँ । तनहुँको सदरमुकाममा रहेको व्यास नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि एक अर्ब ६५ करोड ५४ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार भएको ३७औं नगरसभामा उपप्रमुख इन्दिरा दरैले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेकी हुन् ।
सार्वजनिक बजेटमध्ये चालु खर्चतर्फ ८६ करोड ५५ लाख ६ हजार र पूँजीगत तर्फ ७८ करोड ९९ लाख ४५ हजार रहेको छ ।
प्रस्तुत बजेटमध्ये आर्थिक विकासतर्फ ४ करोड ९० लाख ३० हजार, सामाजिक विकासतर्फ ६८ करोड २९ लाख ८५ हजार, पूर्वाधार विकास तर्फ ४५ करोड ५८ लाख ७५ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६ करोड ११ लाख ७५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ ४० करोड ६३ लाख ८६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4