+
+

तुलसीपुर उपमहानगरको बजेट १ अर्ब ८६ करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १९:४४

१० असार, दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० को लागि १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार बजेट ल्याएको छ ।

तुलसीपुर उप–महानगरपालिकाको ११ औं नगरसभाबाट उपमेयर स्यानी चौधरीले चालु तर्फ ४७ करोड ७२ लाख ७७ हजार अर्थात (२५.५९) प्रतिशत र पुजी तर्फ १ अर्ब ३७ करोड ९७ लाख ७९ हजार आर्थत ७३.९९ प्रतिशत बजेट प्रस्तुत गरेकी हुन् ।

उक्त बजेटको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक श्रोत ४४ करोड ६२ लाख, संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ३३ करोड ६२ लाख, सशर्त अनुदान ६२ करोड ९१ लाख, समपुरक अनुदान १ करोड ६० लाख र विशेष अनुदान १ करोड ३० लाख र राजश्व बाँडफाड रकम २३ करोड ५५ लाख ३ हजार प्राप्त हुने उपमेयर चौधरीले बताइन् ।

त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान १ करोड ५६ लाख, सशर्त अनुदान १ करोड ६० लाख, समपुरक अनुदान ३ करोड, विशेष अनुदान ८० लाख र राजश्व बाँडफाड रकम ३ करोड ३१ लाख ७६ हजार र अन्य संघ संस्था अनुदानमा नगरविकास कोषऋण ७ करोड, युनिसेपm अनुदान ६० लाख र सडक वोर्ड नेपाल १ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

उपमेयर स्यानी चौधरीले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य तर्फ विपन्न परिवारलाई तुलसीपुर उपमहानगरपालिका भित्रको हस्पिटल तथा स्वास्थ्य संस्थाबाट निशुल्क उपचार गर्न आवश्यक ब्यवस्था गरिएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरी सञ्चालनमा ल्याएको १५ शैयाको तुलसीपुर भिमसेन मेट्रो अस्पताललाई स्तरोन्नती गरि गुणस्तरीय, सर्वसुलभ र उपचारात्मक तथा निदानात्मक सेवा लगायत विशिष्ट सेवाहरु सञ्चालन गर्न र पालिकालाई निशूल्क शल्यकृयाका माध्यमवाट १ वर्ष भित्र मोतिविन्दुमुक्त समाजको रुपमा रुपान्तरण गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?