
१० असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् ।
शुक्रबार चौधरीले पत्रकारहरुसँग कुरा गर्दै आफू अब समानुपातिक नभई प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका हुन् ।
उनले पत्रकारहरुसँगको कुराकानीमा भने, ‘ अब समानुपातिक बस्न मेरो रुचि छैन। कति समानुपातिकमा बस्ने ? टिकट कहाँ दिने पार्टीले निर्णय गर्ने हो। म प्रत्यक्ष चुनाव लड्छु।’
केन्द्रीय सदस्य चौधरीले आफ्नो रगतको कणकणमा अर्थतन्त्र भए पनि प्राथमिकता भने अब पूर्णकालीन राजनीतिमा भएको सुनाए । उनले भने, ‘
मेरो रगतको कणकणमा अर्थतन्त्र छ। तर प्राथमिकता भनेको राजनीति नै हो। म अब पूर्णकालीन राजनीतिमा लाग्छु। उधोग धन्दा छोडेर भने होइन ।’
उनले स्थानीय तह निर्वाचनमा आफू वडा, गाउँ, पहाड पुगेको स्मरण गर्दै अब आफू राजनीतिमार्फत यसमै रमाउन चाहेको बताए ।
उनले भने, ‘२०७४ को चुनावमा हेलिकप्टरमा लैजाथ्ने, भाषण गर्थे, चर्चित फेसको रुपमा बोलाउथे, लैजान्थे । अहिलेको जस्तो अनुभव त्यो बेला गर्न पाएन। जीवन भर कांग्रेसमा रहन्छु। कांग्रेसमा बस्ने स्थिति नभए मात्रै राजनीतिबाट विश्राम लिएर बस्छु।’
प्रतिक्रिया 4