
१२ असार, काठमाडौं । आइतबार कारोबार खुलेको पहिलो ३० मिनेटमा सेयर बजारमा ५० अंकको वृद्धि भएको छ । यससँगै नेप्से परिसूचक १९१२.९३ अंकको बिन्दुमा पुगेको छ ।
दोस्रो बजारमा १९९ कम्पनीको ७ लाख ८१ हजार ८७० कित्ता सेयर ६ हजार ५४३ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम ३१ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
उच्च दरको बोनस घोषणाका कारण नागरिक लगानीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै ङ्यादी र बलेफी हाइड्रो पावरको सेयर मूल्य ९ प्रतिशत हाराहारीले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4