
१२ असार, विराटनगर । झापाबाट आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारी आएका एक वृद्धको शव खेतमा भेटिएको छ ।
आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारीमा आएका झापाका ६६ वर्षीय नैनसिंह विकको शव आइतबार बिहान फेला परेको हो ।
उर्लाबारी नगरपालिका–१ बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना आएका उनी आइतबार बिहान करिब साढे ५ बजे खेमबहादुरकाे घर नजिकैको खेतमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार मृतक पुरुषको घर झापाको दमक नगरपालिका–१ मा पर्छ ।
घोप्टो परेको अवस्थामा मृत भेटिएको र मृत्युको कारण नखुलेको प्रहरीले बताएको छ । पोस्टमार्टमका लागि शव उर्लाबारीकै मङ्गलबारे अस्पताल पठाएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4