+

फुटबल प्रशिक्षक अलमुताइरी नेपाल फर्कन सकरात्मक

२०७९ असार  १२ गते १३:४७ २०७९ असार १२ गते १३:४७
फुटबल प्रशिक्षक अलमुताइरी नेपाल फर्कन सकरात्मक

१२ असार, काठमाडौं । नेपाली फुटबलका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कनका लागि सकरात्मक रहेको एन्फाले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति चयन भएसँगै प्रशिक्षक अलमुताइरी नेपाल फर्कने नफर्कने अन्योलि थियो ।

पछिल्लो समय निकै विवादमा रहेका प्रशिक्षक अलमुताइरीको एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसँगको सम्बन्ध सुमधुर छैन । जतिबेला नेम्वाङ वरिष्ठ उपाध्यक्ष थिए, त्यतिबेला अलमुताइरले नेम्वाङले आफूलाई काम गर्न नदिएको आरोप लगाएका थिए ।

नेम्वाङमा अध्यक्षमा चयन भएपछि पनि अलमुताइरीले नेपाल फर्कन सकरात्मक रहेको बताएका छन् । ‘उहाँ अहिले स्वास्थ्य परीक्षणका क्रममा कुवेतमा हुनुहुन्छ,’ एन्फा महासचिव किरण राईले भने, ‘उहाँसँग छलफल हुन बाँकी रहे पनि स्वास्थ्य परीक्षण सकेर नेपाल फर्कने बताउनुभएको छ ।’

प्रशिक्षक अलमुताइरीले पनि शनिबार सामाजिक सञ्जालमा नेपाली टिमसँगको फोटो हाल्दै ‘अर्को लक्ष्य, विश्वकप २०२६ र एसियन कप २०२७ ’ लेखेका छन् ।

 

अलमुताइरी नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय