
काठमाडौं । अभिनेता अनुपविक्रम शाहीले होस्ट गर्ने र सौगातमान सिंहले निर्देशन गर्ने एडभेन्चर रियालिटी शोको नाम ‘म्याडभेन्चर’ राखिएको छ ।
रोचक शैलीमा निर्माण हुने शोको गीत–संगीतका लागि नेपाली रक संगीतमा चर्चित ब्याण्ड ‘स्याडोज’का सदस्य स्वप्निल शर्मा भित्रिएका छन् । स्वप्निलसहित फज फ्याक्ट्रीका रोहित शाक्य पनि टिममा रहने निर्देशक बस्नेतले बताए । यात्रा, संगीत र एडभेन्चरले भरिपूर्ण यस शोको अझै तयारी भइरहेको छ ।
प्रचारप्रसार समेत नयाँ ढंगबाट भइरहेको शो नेपाली ट्राभल तथा टुरिजम क्षेत्रका लागि एउटा महत्वपूर्ण दस्तावेज हुने निर्माण टिमको विश्वास छ ।
अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण हुने शोको पहिलो चरणमा पाँच भाग निर्माण हुनेछ । यी भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप विथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का विषय समेटिनेछ ।
‘शोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उद्देश्य हाम्रो रहेको छ,’ निर्देशक सौगातले जनाए ।
प्रतिक्रिया 4