+

खेलकुद महसंघले दुई दिवसीय क्रिकेट आयोजना गर्ने

२०७९ असार  १२ गते १६:४९ २०७९ असार १२ गते १६:४९
खेलकुद महसंघले दुई दिवसीय क्रिकेट आयोजना गर्ने

१२ असार, काठमाडौं नेकपा एमालेको खेलकुद संगठन नेपाल खेलकुद महासंघ (नेकोस)ले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेकोसले आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा दुई दिवसीय क्रिकेटसँगै, महिला क्रिकेट प्रतियोगितासहित अन्य चार कार्यक्रमको पनि आयोजना गर्ने उल्लेख छ ।

पत्रकार सम्मेलन गर्दै नेकोसका अध्यक्ष विप्लव घोसले आगामी आर्थिक वर्ष भित्र पूरा गर्ने लक्ष्य सहित ६ कार्यक्रम सम्मेलित क्यालेन्डर सार्वजनिक गरेको बताएका छन् ।

नेकोसले यस आर्थिक वर्षमा रातोबल र सेतो जर्सी सहितको नेकोस रेडबल क्रिकेट फेस्टिभल, दुई दिवसीय क्रिकेट प्रतियोगिता, अम्पायर तथा प्रशिक्षक सेमिनार, प्रदेश तहका खेलाडी सम्मेलित बन्द प्रशिक्षण, नेकोस महिला कप तथा खेलाडीहरुलाई लक्षित गरि स्वास्थ्य शिविर सञ्चालन गर्ने बताएको छ ।

नेकोसले पाइपलाइनमा रहेका सम्पूर्ण कार्यक्रमहरु क्रिकेटको ग्रासरुट विकासका लागि रहेको दाबी गरेको छ । नेपाल क्रिकेट संघ(क्यान) सँग सहकार्य गर्दै यी कार्यक्रमहरु सञ्चालन गर्ने नेकोसका अध्यक्ष घोसले बताएका छन् ।

नेकोसले आयोजना गर्ने रेडबल प्रतियोगितामा १९ वर्ष उमेर समूहका खेलाडीलाई सम्मेलित गराउने उनले जानकारी दिएका छन् ।

महिला कपमा भने विभागीय टिमलाई सामेल नगराउने नेकोसको योजना रहेको उनले बताएका छन् । नेकोस महिला कपमा ललितपुर मेयरकपमा पुगेका चार सेमिफाइनका चार टिम र नेकोसको एक टिम गरि पाँच टिम सहभागी हुने छन् ।

क्रिकेट प्रतियोगिता नेपाल खेलकुद महासंघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय