
१२ असार, काठमाडौं । आर्थिक विधेयकमार्फत करको दरहरुमा गरिएको हेरफेरलाई लिएर आन्दोलित भएका पूर्वका उद्योगी व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरका छन् ।
बुधबार निजी क्षेत्रका पूर्वेली तीन प्रमुख संगठन नेपाल उद्योग परिसंघ प्रदेश एक, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त प्रेस वक्तव्य जारी गर्दै आन्दोलनका कार्यक्रम स्थगन गरेका हुन् ।
‘जीआई वायार, वनस्पति घ्यू तेल र स्यानेटरी प्याड लगायतका उद्योगका लागि हुन भएको त्रुटिपूर्ण निर्णय माथिल्लो सदनबाट बजेट पास भएको ७ दिनमा समाधान गर्न अर्थ मन्त्रीले प्रतिबद्धता जनाउनु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ‘अर्थमन्त्रीको प्रतिवद्धताप्रति विश्वास गर्दै हाललाई आन्दोनलका कार्यक्रम स्थगन गर्ने निर्णय गरेका छौं ।’
राष्ट्रिय सभाबाट आर्थिक विधेयक पास भएको ७ दिनभित्रै समस्या समाधान गरिदन अर्थमन्त्री तयार भएपछि हाललाई आन्दोलनका कार्यक्रम स्थगन गरिएको संयुक्त प्रेस वक्तव्यमा उल्लेख छ ।
प्रतिक्रिया 4