
काठमाडौं । टम क्रुज स्टारर ‘टपगन : माभेरिक’ यस वर्ष सबैभन्दा धेरै कमाउने हलिउड फिल्म बनेको छ । साथै, अभिनेता क्रुजको ४० वर्षे करिअरमा १ बिलियन डलर ग्रस कमाउने पहिलो फिल्म पनि बनेको छ ।
यो फिल्मले प्रदर्शनको ३१ दिनमा अन्तर्राष्ट्रिय बजारमा १ बिलियन डलर कमाएको हो । उत्तर अमेरिकी बक्स अफिसमा ५२१.७ मिलियन डलर र विदेशी बजारमा ४८४.७ मिलियन डलरसहित कुल १.००६ बिलियन डलर कमाइ गरेको भेराइटी म्यागजिनले जनाएको छ ।
३६ वर्षपछि निर्माण भएको यो फिल्मले क्रुजको कारण मात्र होइन, विगत कमाएको राम्रो समीक्षाको कारण पनि चर्चा बटुलेको थियो । प्यारामाउन्ट स्टुडियोको बृहत वितरण र बजारीकरणलाई पनि पछि छाड्दै स्वयं अभिनेता क्रुजकै कारण फिल्मले चर्चा पायो ।
पहिलोपटक कान्स फिल्म फेस्टिभलमा रिलिज भएको फिल्मको प्रिमियरमा भाग लिन अभिनेता क्रुुज फ्रान्ससहित सान डिआगो, मेक्सिको सिटी, जापान, लन्डन र सिओलमा पुगेका थिए । पछिल्लो सप्ताहन्तसम्म टपगन माभेरिक जापानमा पाँचौ सातामा पनि शीर्ष स्थानमा छ । बेलायत, फ्रान्स र जर्मनीमा पनि अकुपेन्सीमा ठूलो गिरावट आइसकेको छैन ।
फिल्मले नेपालमा समेत राम्रै कमाइ गरेको छ ।
प्रतिक्रिया 4