
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र गरिमा विकास बैंक लिमिटेडबीच एससीटी–यूपीआई डेबिट कार्ड मार्फत भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने विश्वास लिएको छ ।
एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पीओएस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4