
१३ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा पाँचदलीय गठबन्धनको विकल्प नभएको बताएका छन् ।
नेपालमा समाजवाद : चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले कांग्रेसलाई किनारा लगाएर वामपन्थी शक्ति बनाउने भनेर पार्टी एकतादेखि चुनावमा सहकार्य गरे पनि त्यसलाई जोगाउन नसकेको बताए ।
पटक–पटक संसद विघटन गरेर संविधानमाथि नै प्रहार गरेपछि कांग्रेससँग गठबन्धन गर्नु परेको भन्दै उनले भने, ‘कसैलाई मन परे पनि, नपरे पनि प्रदेश र संघको चुनावमा गठबन्धन एकजुट भएर जानुको विकल्प छैन । यदि वामपन्थीहरुको राम्रो खुट्टा टेकेर मुलुकलाई अगाडि लगेको भए अरुलाई मिसाउनुपर्ने थिएन । तर हामीले सकेनौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4