
१३ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग गठबन्धनको यात्रा गरेर समाजवादको संकल्प गर्न नमिल्ने बताएका छन् ।
नरबहादुर कर्मचार्य फाउण्डेसनले सोमबार ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय अन्तरक्रिया कार्यक्रम राखेको थियो, जसमा प्रमुख दलका शीर्ष नेताहरु वक्ता छन् । सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरुले आगामी चुनावसम्म गठबन्धनलाई निरन्तरता दिइने बताए ।
तर एमाले महासचिव पोखरेलले भने समाजवादबारे बहस गर्दा गठबन्धनको संकल्प गर्न नमिल्ने बतँए । उनले भने, ‘यात्र गठबन्धनको, संकल्प समाजवादको मिलेको छैन ।’ यदि कांग्रेसलाई समाजवादी पार्टीका रुपमा स्वीकार नगर्ने हो भने कांग्रेस नेतृत्वको गठबन्धनमा बसेर समाजवादको बहस गर्नु कार्यकर्ता अलमल्याउन मात्र हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4