
काठमाडौं । इसेवाले अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवस मंगलबार मनाइँदै छ । सो अवसरमा मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म इसेवामार्फत जीवनबीमाको बीमा शुल्क भुक्तानी गर्दा २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिनेछ ।
जीवन बीमा कम्पनीमा गएर सोही दिन क्यूआर मार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक अफर पाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार इसेवामार्फत भुक्तानी गर्दा इसेवाले हाल सञ्चालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिनेछ । इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले बीमितहरूका लागि लखपति योजना सञ्चालन गरिरहेको छ ।
५ भदौसम्म सञ्चालन हुने यस योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् । यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०/२० हजार रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन् ।
योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । यो योजना नेपालमा सञ्चालित सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागू हुनेछ । इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्सको प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्बजनिक गर्दै आएको छ ।
प्रतिक्रिया 4