
१३ असार, काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिका-३ मजुवामा ट्रक रोकेर चालकसँग पैसा माग गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राति साढे १२ बजे सिद्धार्थ राजमार्गबाट भैरहवातर्फ जाँदै गरेको ग १ ख ६२२२ नम्बरको ट्रक रोकेर चालक प्रदीप विकसँग पैसा माग्ने पुतलीबजार नगरपालिका-३ का प्रशान्त गोर्खाली र सौगात जिटीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4