
१३ असार ,विराटनगर । लालपूर्जा माग गर्दै धनकुटाका महिलाहरुले विराटनगरसम्म दुई दिन पैदल यात्रा गरेका छन् । धनकुटाबाट ३० महिला दुई दिन पैदल यात्रा गरेर विराटनगर आएका हुन् ।
सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेका नागरिकलाई लालपूर्जा दिन ढिलाइ गरेपछि राज्यलाई दबाव दिन महिलाहरुले पैदल यात्रा गरेका हुन् । धनकुटाबाट आएका महिलाहरुको टोलीमा इटहरीबाट सुनसरी र झापाका महिला पनि मिसिएका थिए ।
पैदल यात्रा गरी सोमबार प्रदेश १ को भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सराबगीलाई ज्ञापनपत्र बुझाएको नेपाल महिला एकता समाज मोरङकी अध्यक्ष लक्ष्मी खड्काले बताइन् ।
भूमिहीन, सुकुम्बासी र अव्यवस्थित समुदायको भूमि र बसोबासको अधिकार सुनिश्चितताको माग गर्दै राज्यलाई दबाब दिन दुई दिन पैदल यात्रा गरेको उनले बताइन् ।
प्रतिक्रिया 4