+
+

मुक्त कमलरी दिवस : उत्सव होइन, विरोध गरेर मनाए

२०५६ सालमा दाङको गोबरडिहास्थित खैरा गाउँबाट सुरु भएको कमलरी मुक्ति आन्दोलनले २०७० सालमा पूर्णता पायो । जसका कारण दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर सहित पश्चिम तराईमा १२ हजार ८६९ कमलरीहरु जमिनदारको घरबाट बाहिर निस्किए

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १९:५२

१३ असार, दाङ । २०५६ सालमा दाङको गोबरडिहास्थित खैरा गाउँबाट सुरु भएको कमलरी मुक्ति आन्दोलनले २०७० सालमा पूर्णता पायो । जसका कारण दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर सहित पश्चिम तराईमा १२ हजार ८६९ कमलरीहरु जमिनदारको घरबाट बाहिर निस्किए ।

त्यसयता हरेक वर्षको असार १३ गते मुक्त कमलरीहरु मुक्तिको दिवसका रुपमा हर्ष र उल्लासका साथ मनाउँदै आएका थिए । यो वर्ष भने दाङमा मुक्त कमलरीले मुक्ति दिवसलई उल्लासका रुपमा मनाएनन् ।

२०७० सालमा सरकारसँग भएको १० बुदे सहमति पूर्ण रुपमा कार्यान्वयन नगरेको भन्दै उनीहरुले दाङमा नवौं मुक्त कमलरी दिवस विरोधका रुपमा मनाए । बरु सरकारले १० मध्ये ७ बुदे माग पुरा नगरेको भन्दै विरोध र्‍याली निकाले ।

उनीहरुले सरकारको तथ्याङ्कमा छुटेका मुक्त कमलरीलाई समावेश गर्नुपर्ने, सीपमूलक तालिमको व्यवस्था, छात्राबासमा खानाको व्यवस्था गर्नुपर्ने, रोजगारीको सुनिश्चितता, उच्च शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने लागयतका माग राखेका थिए ।

मुक्त कमलरी विकास मञ्चकी पूर्व अध्यक्ष सुनिता चौधरीले सरकारले आफूहरुको माग बेवास्ता गर्दा मुक्ति दिवसलाई उत्सवका रुपमा मनाउन नसकेको बताइन् ।

‘अरु वर्ष उत्सवकै रुपमा मनाउदै आएका थियौं । सरकारले हाम्रो कुरा नसुनेपछि यो वर्ष विरोध गरेर मनाउन पर्‍यो’, चौधरीले भनिन्, ‘यसवर्ष सरकारले मुक्त कमलरीलाई नीति तथा कार्यक्रममा समेटेन । छात्राहरुले पाइरहेको छात्रवृत्ति पनि कटौती गरियो ।’

उनले सरकारले स्नातक पढ्ने छात्राहरुको छात्रवृत्ति कटौती गर्दा उच्च शिक्षा अध्ययनरत मुक्त कमलरीहरुलाई समस्या भएको बताइन् । विश्वविद्यालय अनुदान आयोगबाट छात्रवृत्ति लिन कठिन भइरहको भन्दै उनले मुक्त कमलरीका लागि बनाएको शिक्षा निर्देशिका अनुसार छात्रवृत्ति दिनुपर्ने धारणा राखिन् ।

त्यस्तै मुक्त कमहरीहरुको गास, बास र कपाससहितको उचित पुनःस्थापना, शिक्षा रोजगार, मुक्त कमलरीका लागि छुट्टै सरकारी कोटाको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?