
१३ असार, सिरहा । सिरहाकी एक महिलालाई बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको आरोपमा प्रहरीले दुई जना महिलालाई नै पक्राउ गरेको छ ।
भगवानपुर गाउँपालिका ४ ठाडी टोल बस्ने ६० वर्षीया महिलालाई बोक्सीको आरोपमा मलमूत्र खुवाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ पर्नेमा सोही ठाउँकी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर बोक्सी आरोप कसूरमा मुद्दा दर्ता गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यी दुबैले ११ असारको दिउँसो साढे १२ बजेतिर ती महिलालाई मलमूत्र खुवाएका प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4