
१३ असार, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को महासचविमा ललित विक चयन भएका छन् । संगठनको चौँथो पूर्ण बैठकले विकलाई महासचिवको जिम्मेवारी दिएको हो ।
संगठनले बैठकबाट सचिवको जिम्मेवारी प्रकाश जप्रेल र कोषाध्यक्षको जिम्मेवारी प्रतिमा चौधरीलाई दिने निर्णय गरेको छ ।
त्यस्तै संगठनले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष केन्द्रित गर्ने निर्णय लिएको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
समान, निःशुल्क वैज्ञानिक र अनिवार्य शिक्षाको लागि दबाबमूलक संघर्ष सञ्चालन गर्ने, सरकारी तथा सामूदायिक विद्यालयमा आर्थिक कारणले भाषामा गरिएको विभेदबारे संघर्ष गर्ने निर्णय समेत बैठकले लिएको छ ।
क्रान्तिकारीका नवनियुक्त महासचिव विकले संगठनले दुरगामी निर्णय लिएको भन्दै आगामी दिनमा विद्यार्थी आन्दोलनको साख जोगाउने गरि काम गरिने बताए । ‘अखिल क्रान्तिकारी लाखौँ विद्यार्थीहरूको नेतृत्व गर्ने संगठन हो ।
विद्यार्थी मात्रै होइन, विद्यार्थीका अभिभावकका समस्या पनि हाम्रा समस्या हुन् भन्ने मान्यता हाम्रो संगठनले राख्छ । राज्यले मनपरी ढंगले आम मान्छेको जीवनमा असर पर्ने गरी काम गरिरहेको छ । त्यस विरुद्ध संगठनले कठोर संघर्ष गर्नेछ,’ उनले भने, ‘आम नागरिकका मुद्दासँग जोडिएर अखिल क्रानितकाकरीले आन्दोलन गर्दै आएको छ ।
सरकारको मनपरी विरुद्ध खब पनि क्रान्तिकारी सडकमा हुनेछ । जसले मुर्झाउँदै गरेको आन्दोलनको साखलाई जोगाउने छ । उनले विद्यार्थी आन्दोलन सिंहदरबारमा विक्रि भइरहेको भन्द्यै सडकमा ल्याउनेपनि घोषणा गरे ।
प्रतिक्रिया 4