
१४ असार, धनगढी । कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका-३ मालाखेतीस्थित रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाइँ गर्न गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले चट्याङका कारण मृत्यु भएको खबर प्राप्त हुना साथ प्रहरी टोली पठाइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4