
काठमाडौं । सन् २०२२ को सुरुवाती ६ महिना बलिउडभन्दा दक्षिण भारतीय फिल्म बक्स अफिसमा प्रभावशाली रहे । ‘आरआरआर’ र ‘केजीएफ २’ले बक्स अफिसमा कीर्तिमानी कमाइ गरेसँगै साउथ फिल्मप्रतिको आकर्षण थप बढेको छ ।
अब दर्शकको नजर नजर साउथका आगामी फिल्मप्रति परेको छ । केही ठूला फिल्मको प्रदर्शन मिति घोषणा भएको छ जसले नेपाली बक्स अफिसमा पनि स्वभाविक रुपमा प्रभाव पार्नेछन् । साउथका यी ठूला फिल्मको रिलिज मिति हेरेरै नेपालमा पनि मिति तय गर्ने सम्भावना हुन्छ ।
सामन्था प्रभु स्टारर फिल्म ‘यशोधा’ साउन १२ गते रिलिज हुँदैछ । जनैपूर्णिमाको छेकोमा रिलिज हुने फिल्मलाई हरि र हरिशले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्मको टिजरले राम्रो प्रतिक्रिया प्राप्त गरेको छ ।
कन्नड ब्लकबस्टर ‘केजीएफ’पछि अब निर्देशक प्रशान्त नीलको एक्सन फिल्म ‘सालार’ आउँदैछ । यो फिल्ममा प्रभास, श्रुति हसन र दिशा पटानीको मुख्य भूमिका छ । सन् २०२३ मा यो फिल्म रिलिज हुनेछ ।
तेलुगू सुपस्टार विजय देवरकोंडाको फिल्म ‘लाइगर’ भदौ १० गते रिलिजको तयारीमा छ । यो फिल्ममा विजयसहित अनन्या पाण्डे, बक्सिङ लिजेन्ड माइक टाइसन, राम्या कृष्णन, रोनित रोयको प्रमुख भूमिका छ ।
ओम राउतको फिल्म ‘आदिपुरुष’ हिन्दू महाकाव्य रामायणमाथि आधारित छ । ५०० करोड भारु बजेट बताइएको यो फिल्म महंगा हिन्दी फिल्मको सूचीमा सामेल छ । यो फिल्म पुस २८ गते रिलिज हुँदैछ ।
अल्लु अर्जुनको फिल्म ‘पुष्पा : द राइज’ले बक्स अफिसमा तहल्का मच्चाइदियो । पहिलो भागको सफलतापछि दोस्रो भाग अर्थात् ‘पुष्पा : द रुल’ सन् २०२३ मा रिलिज हुने तयारीमा छ । यो फिल्मको बजेट ४०० करोड भारु बताइएको छ ।
प्रभासको अर्को एक फिल्म पनि यो सूचीमा समावेश छ । प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन र दिशा पटानी यो फिल्ममा छन् । यसलाई भारतभर प्रदर्शनको तयारी गरिएको छ ।
‘आरआरआर’को सफलतापछि अभिनेता रामचरण ‘आरसी १५’सहित कमब्याक तयारीमा छन् । छायांकन सकिएको यो फिल्ममा उनले भारतीय सैनिक अधिकृतको भूमिका निर्वाह गरेका छन् । कियारा आडवाणी पनि मुख्य भूमिका छिन् ।
अनुप भण्डारीद्वारा निर्देशित फिल्म ‘विक्रान्त रोणा’ थ्रीडी फिल्म हो, जुन साउन १३ गते रिलिज हुँदैछ । फिल्ममा किच्चा सुदीपसँगै ज्याकलिन फर्नान्डिजले मुख्य भूमिका रहेको छ ।
प्रतिक्रिया 4