
१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३८ जना र ९४६ जनाको एन्टिजेन परीक्षणमा ६ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १७ जना निको भएका छन् भने हाल देशभर २२९ जना सक्रिय संक्रमित छन् । जसमध्ये २२३ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ५० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4