
काठमाडौं । अभिनेता राज कटुवाल छायांकन तयारीमा रहेको फिल्म ‘प्रसाद २’मा अनुबन्धित भएका छन् । फिल्मको प्रमुखमध्येको एक भूमिकामा आफू कास्टिङ भएको उनले जानकारी दिए ।
फिल्ममा यसअघि नम्रता श्रेष्ठ, विपिन कार्की र अर्पण थापा फाइनल भइसकेका छन् । ‘मुख्य भूमिकामा म पनि छु । फिल्मलाई लिएर उत्साहित छु,’ कटुवालले अनलाइनखबरसँग भने ।
अभिनेतामध्येका एक निश्चल बस्नेत बाहिरिएपछि अर्पण अनुबन्धित भएका हुन् । असार १६ गतेदेखि छायांकन सुरु हुने फिल्मको यसपटकको लोकेसन बागलुङ छ । दलित र गैरदलितबीचको प्रेम र विवाहबारे बन्न लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्नेछन् । फिल्मको पटकथा लेखक सुशील पौडेल हुन् ।
‘लीला’ र ‘लालटिन’ फिल्ममा अभिनय गरेका राज चलचित्र विकास बोर्डका सदस्य समेत हुन् । राजले सुदर्शन थापालाई निर्देशकमा लिएर फिल्म ‘राजा’ निर्माणको घोषणा गरिसकेका छन् । यो फिल्मको सुटिङ चाहिं दशैंपछि हुनेछ ।
प्रतिक्रिया 4