
१५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रशासनिक तथा प्राविधिक पदहरुको पद्पूर्तिका लागि ६१ पदमा लिएको परीक्षामा उतीर्ण हुने उम्मेदवारको संख्या शून्य रहेको छ ।
आयोगले मंगलबार सार्वजनिक गरेको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको नतिजामा उपप्रशासक, शाखा अधिकृत, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदको खुलातर्फको परीक्षामा सहभागीमध्ये एकजना पनि परीक्षार्थी उत्तिर्ण हुन सकेका छैनन् । आयोगका अनुसार उपप्रशासकमा ४ पदका लागि १२, शाखा अधिकृतमा ४० पदका लागि ५४२, आर्थिक उपनियन्त्रकमा दुई पदका लागि तीन र लेखा अधिकृत १५ पदका लागि १२९ जना परीक्षार्थी सहभागी भएका थिए ।
आयोगका अनुसार मुख्य कार्यालय सहायकमा ४३ पदका लागि ७७७ सहभागी परीक्षार्थी मध्ये खुला तर्फ १ जना मात्रै उत्तीर्ण भएका छन् ।
२८ कात्तिक २०७७ देखि १६ मंसिरसम्म र २५ माघदेखि २७ फागुनसम्म लिएको प्रशासनिक तथा प्राविधिक पदहरुको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
उत्तीर्ण परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता २८ असारमा त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोकमा बिहान ११ बजे हुने आयोगले जनाएको छ ।
हेर्नुहोस् नतिजाः
प्रतिक्रिया 4