
काठमाडौं । टेलिभिजन सिरिज ‘जुठे’ले पाँच जना विपन्न विद्यार्थीलाई राहतस्वरुप ५० हजार रुपैयाँ प्रदान गरेको छ । सिरिजको छायांकन थलो लमजुङको राइनास नगरपालिका-८ स्थित माझीगाउँका विद्यार्थीलाई जनही १० हजार रुपैयाँको दरले सहयोग प्रदान गरिएको हो ।
सिरिजका निर्देशकद्वय तथा अभिनेता मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र ‘राजु मास्टर’ले राहत बाँडेका हुन् । वडाध्यक्ष र अन्य प्रतिनिधिको उपस्थितिमा विपन्नलाई सहयोगी हात प्रदान गरिएको हो ।
‘छायांकनको क्रममा गर्नुभएको सहयोगप्रति हामी आभारी छौं । आगामी दिनमा पनि सहयोग गर्न तयार छौं,’ बल्छी धुर्वेले अनलाइनखबरसँग भने ।
अर्गानिक र ग्रामीण विषयवस्तुको कारण निकै रुचाइएको ‘जुठे’ सिरिज हिमालय टीभीबाट प्रसारण हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4