+

नेपाली रेफ्रीद्वय प्रज्वल र किसनले साफ यू-२० च्याम्पियनसिप खेलाउने

२०७९ असार  १५ गते १३:२५ २०७९ असार १५ गते १३:२५
नेपाली रेफ्रीद्वय प्रज्वल र किसनले साफ यू-२० च्याम्पियनसिप खेलाउने

१५ असार, काठमाडौं । फिफा रेफ्री प्रज्वल क्षेत्री र फिफा असिस्टेन्ट रेफ्री किसन कन्हैया यादवले भारतमा हुने साफ यू-२० च्याम्पियनसिप खेलाउने भएका छन् ।

दक्षिण एसियाली फुटबल महासंघले नेपालका दुई रेफ्रीले साफ यू-२० खेलाडी पुष्टी गरेको अखिल नेपाल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

प्रज्वल क्षेत्री र किसन यादवले २०२१ मा आफ्नो फिफा ब्याज प्राप्त गरेका थिए । चौथो संस्करणको साफ यू-२० च्याम्पियनसिप आगामी जुलाई २५ देखि अगष्ट ५ सम्म भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुँदैछ । जसमा नेपाल र भारतसहित बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ । सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।

सन् २०१५ मा साफ यू-१९ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिताको पछिल्ला दुई संस्करण भने यू-१८ च्याम्पियनसिपको नाममा भएको थियो । नेपालले सुरुवाती दुई संस्करणको उपाधि जित्दा भारतले पछिल्लो संस्करण जितेको थियो ।

 

फिफा रेफ्री
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय